+
+

लस एन्जलसका लागि खेल्न बेल उत्साहित, पारिश्रमिक कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १२:३३

काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् ।

वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा एकदमै उत्साहित छु,’ उनले यो आफू र आफ्नो परिवारका लागि सही ठाउँ भएको बताए ।

विभिन्न क्लबसँग नाम जोडिएका बेल अमेरिकन क्लब पुगेपछि उनको पारिश्रमिक कति होला भन्ने धेरैलाई चासो छ । आधिकारिक रुपमा यो सार्वजनिक नभएपछि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्ट अनुसार उनको पारिश्रमिक कम छ ।

अमेरिकामा खेल्ने चिकागो फायरका जेर्दान शाकिरी, लस एन्जलस ग्यालेक्सीका ज्याभिएर हर्नान्डेज, टोरोन्टो एफसीका नयाँ खेलाडी लरेन्जो इनसिग्ने भन्दा बेलको पारिश्रमिक कम रहेको उनीहरुको भनाइ छ ।

लस एन्जलस टाइम्सका अनुसार बेलको तलब १.६ मिलियन अमेरिकन डलर छ । जुन रियलमा उनले पाएको भन्दा धेरै कम रकम हो ।

लस एन्जलससँगको सम्झौताअनुसार बेलले एक वर्षको सम्झौता नवीकरण गर्न सक्ने विकल्प पनि छ ।

मेजर सकर लिग (एमएलएस) मा धेरै कमाउने लरेन्जो इनसिग्नेले १२.४२ मिलियन अमेरिकन डलर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?