+
+

अध्यक्षबाट हटाइएका थापालाई रुपान्तरणको अवसर छ : एमाले सचिव भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १७:३६

१४ असार, धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कैलालीको पार्टी अध्यक्षबाट हटाइएका रतनबहादुर थापालाई अझै रुपान्तरण हुने अवसर भएको बताएका छन्  ।

थापालाई मंगलबार प्रदेश कमिटीले गरेको कारवाहीबारे सञ्चारकर्मीलाई धनगढीमा संक्षिप्त प्रतिक्रिया दिदै भट्टले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकाले जिल्लाको सिफारिसका आधारमा पदबाट हटाइएको बताए ।

जिल्ला कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेपनि व्यक्तिलाई रुपान्तरण हुने अवसर दिनुपर्ने भन्दै प्रदेश कमिटीले अध्यक्ष पदबाट मात्र हटाएको भट्टले प्रतिक्रिया दिए ।

‘पार्टीले त्यो तहको नेता उत्पादन गर्न निकै खर्च गरेको हुन्छ । सकेसम्म पार्टीको विधि के हुनुपर्छ भन्दा व्यक्तिबाट कमी कमजोरी हुन्छ त्यो कमजोरीलाई सच्याउने अवसर दिनुपर्छ र उसलाई रुपान्तरण हुने अवसर दिनुपर्छ,’ भट्टले भने ।

उनले थापालाई गरिएको कारवाहीले पार्टीलाई क्षति नभएर थप बलियो बनाउने धारणा राखे । पार्टी सिद्धान्त नमान्ने, अराजकता देखाउने प्रवृत्तिका व्यक्तिले थापाको कारवाहीलाई सिकाइको रुपमा लिनुपर्ने तर्क उनको थियो ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, नेतृत्व विरुद्ध जथाभावी बोलेको, निर्वाचनमा पार्टीको नेतृत्व नगरेको आरोप लगाउँदै जिल्ला कमिटिले थापालाई कारवाहीका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनलाई प्रदेश कमिटीले कारवाही गरेको छ ।

मंगलबार नै आयोजित मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले मदन भण्डारीले आत्मसाथ गरेको जबजको सिद्धान्त अहिलेको युग सुहाउँदो भएकाले सबैले मान्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?