
१८ असार, काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठनको संयोजकमा सरोज गौतम चयन भएका छन् ।
यसअघिका संयोजक अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने भएपछि संगठनको सचिवालय बैठकले सरोजलाई संयोजकमा चयन गरेको हो । सरोज यसअघि महासचिव थिए ।
यही असार १६ र १७ गते अनलाइन माध्यमबाट बसेको बैठकले संगठनको आगामी महाधिवेशन र आसन्न चुनावसम्म संगठन नेतृत्वविहीन रहन नसक्ने भएकाले सरोजलाई संयोजक चयन गर्ने निर्णय गरेको हो ।
मोदी गाउँपालिका पर्वत घर भएका २८ वर्षीय गौतम इलेक्ट्रोनिक्स इन्जिनियर हुन्। पोखरा विश्वविद्यालयबाट एमबीएसमेत गरेका उनी आईटी कम्पनीका व्यवस्थापक छन् ।
पार्टीको केन्द्रीय समिति सदस्यसमेत रहेका उनी तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ दस्तावेजको विपक्षमा उभिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4