+
+

पोखरा स्पोर्टस अवार्ड : दोस्रो पटक सर्वोत्कृष्ट बनिन् अरुणा

पुरुषतर्फ टेनिसका प्रदीप खड्का उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते २०:२९

१८ असार, पोखरा । पोखरा स्पोर्टस अवार्डको छैंठौ संस्करणमा भलिबलकी अरुणा शाहीले दोस्रो पटक सर्वोत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छन् । खेलकुद पत्रकार मञ्चले शनिबार पोखरा सभागृहमा शाहीलाई महिलातर्फबाट वर्ष सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको हो ।

यसअघि उनले २०७३ को वर्ष खेलाडी (महिला) घोषित भएकी थिइन् । उनले प्रतिस्पर्धामा रहेका क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाललाई उछिनेकी हुन् । उनको कप्तानीमा नेपालले ०७८ मा ढाकामा भएको सेन्ट्रल जोन भलिबल प्रतियोगितामा स्वर्ण पदक हात पारेको थियो ।

पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी टेनिसका प्रदीप खड्का बनेका छन् । उनले शीर्ष ३ भित्र परेका ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामालाई उछिनेका हुन् । विजेता दुवैले इलेक्ट्रिक स्कुटरसहित ट्रफी हात पारेका छन् ।

लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ७ वितरण गरिएको अवार्डमा टेनिस खेल हाबी भएको छ । टेनिसबाट वर्ष उत्कृष्ट खेलाडीसहित ३ जनाले अवार्ड हात पारेका थिए ।

पोखरा स्पोर्टस अवार्ड अन्तर्गत सातौं संस्करणमा वर्षोत्कृष्ट खेल संघ गण्डकी प्रदेश तेक्वान्दो संघले हात पारेको छ । संघले अवार्डसहित ३५ हजार रुपैयाँ हात पारेको छ ।

त्यस्तै, वर्ष उदीयमान खेलाडी विधामा ३५ हजार रुपैयाँ र ट्रफीसहित टेनिसका दर्शिल श्रेष्ठले बाजी मारे । वर्ष उदीयमान खेलाडीमा उत्कृष्ट ३ भित्र क्रिकेटकी श्रृष्टि जैसी र बक्सिङका शाहिल लिम्बु मनोनित भएका थिए ।

वर्षोत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापाले हात पारेका छन् । उनले ३५ हजार रुपैयाँसहित ट्रफी पाएका छन् । उक्त विधामा उत्कृष्ट ३ भित्र क्रिकेटका रिजन प्रजु र तेक्वान्दोका रेकमाया गुरुङ पछि परेका थिए ।

लाइफटाइम अचिभमेन्ट भट्टराईलाई, उत्कृष्ट पत्रकार परियार

मञ्चले छैटौं संस्करणको लाइफटाइम अचिभमेन्ट सम्मानबाट गणेशबहादुर भट्टराई सम्मानित भएका छन् । उनी बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका भट्टराईले सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेका थिए । उनी सन् १९८९, १९९० र १९९१ मा बक्सिङमा राष्ट्रिय च्याम्पियनसमेत बनेका थिए ।

सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भट्टराई पहिलो सहभागितामै च्याम्पियन बने । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल जिते । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने ।

त्यस्तै, मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीपक परियारलाई सम्मान गरेको छ । कान्तिपुर मिडियासँग आवद्ध परियारलाई ३५ हजार रुपैयाँसहित मञ्चले पुरस्कृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?