+
+

रोनाल्डिन्होसँग खेल्न पाउनु ठूलो अवसरः रोहित चन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:१०

१९ असार, काठमाडौं । इण्डाेनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली डिफेन्डर रोहित चन्दले ब्राजिली फुटबल हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।

आइतबार आफ्नो फेसबुक एकाउन्टमार्फत रोनाल्डिन्होसँगको फोटो सेयर गर्दै उनले उक्त कुरा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अनौठो अनुभव हो । मैले कहिल्यै सोचेकै थिइन यस्तो पनि होला भनेर, उनले मैदानमा गर्ने जादु हेरेर हुर्किएको, उनीसँगैै खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्य हो ।’

रोहित लामो समयदेखि इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । उनले यस सिजन पेर्सिक केडिरी एफसीमा आबद्ध भएर खेलिरहेका छन् ।

गत हप्ता रोहित सम्मिलित पेर्सिक केडिरी एफसीले रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा पराजित गर्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?