+
+

क्रिस्टियन एरिक्सनले म्यानचेस्टर युनाइटेडबाट खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १८:३९

२० असार, काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाइटेडमा आवद्ध हुने भएका छन् ।

३० वर्षीय एरिक्सनको बेन्टफर्ड एफसीसँगको छोटो सम्झौता अघिल्लो महिना सकिएको हो । बेन्टफर्डसँगको सम्झौता सकिएका उनलाई युनाइटेडले ३ वर्षको लागि सम्झौता गर्न प्रस्ताव गरेको छ । र उनले त्यसमा मौखिक सहमति जनाएका छन् ।

उनी हाल उपचारका लागि ओल्ड ट्राफोर्डमा छन् । उनी युनाइटेडका म्यानेजर एरिक टेन हागले यस समरमा सम्झौता गर्न लागेका दोस्रो खेलाडी हुन् ।

उनको पूर्व टिम टोटनह्यामले पनि उनलाई पुन आवद्ध गर्न चासो देखाएको थियो । तर उनले भने त्यसमा ध्यान दिइरहेका थिएनन् ।

सन् २०१३ देखि ७ वर्षसम्म लगातार टोटेनहमबाट खेलेका उनी ६ महिनाको सम्झौता बाँकी छँदै इन्टर मिलान पुगेका थिए । सन् २०२० मा मिलानसँग साढे ४ वर्षको सम्झौता गरेको भए पनि उनलाई क्लबले सन् २०२१ को ट्रान्सफर लिस्टमा राखेको थियो ।

तर सन् २०२० को युरोकपमा हृदयघातका कारण मैदानमै ढलेका एरिक्सन मुटुको शल्यक्रियापछि मैदान बाहिरै रहे । त्यसबीचमा नै उनले सिरी एमा खेल्न नसक्ने घोषणा मिलानले गर्‍यो ।

शल्यक्रियाको ६ महिनापछि आफ्नै अग्रसरतामा सामान्य अभ्यासमा फर्किएका उनले गत जनवरीमा बेनफर्डसँग ६ महिना सम्झौता गरेका थिए ।

उनले हृदयघातको झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन पनि गरिसकेका छन् । डेनिस नागरिक एरिक्सनले गत मार्चमा नेदरल्याण्ड्सविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?