+
+

गठबन्धन सरकारले आर्थिक संकट पैदा गर्‍यो : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ११:५८

२१ असार, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाएका हुन् ।

एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको उनले बताए । ‘हामी सरकारमा रहँदा मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटामा पुगेको छ । गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको छ,’ पोखरेलले भने ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको आरोपसमेत उनले लगाए ।

महासचिव पोखरेलले अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले प्रधानमन्त्रीप्रति पनि आशंका उब्जाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?