
काठमाडौं । विश्व प्रतिष्ठित फिल्म निर्देशक जेम्स क्यामरुनले ब्लकबस्टर ‘अवतार’को चौथो र पाँचौं श्रृंखलाबाट हात झिकेका छन् । ‘अवतार’को विशेष संस्करण नै प्रकाशित गरेको बेलायतको अम्पायर म्यागजिनले क्यामरुनले अवतारका ती श्रृंखला निर्देशन नगर्न सक्नेबारे उल्लेख गरेको हो ।
‘अवतार २’ पुस १ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । अवतारको तेस्रो, चौथो र पाँचौं श्रृंखलालाई एकैसाथ निर्माण गर्ने तयारी पनि छ । क्यामरुनकै आइडियामा फिल्मको विकास भएको हो ।
तर क्यामरुनले पछिल्ला दुईवटा सिक्वेल निर्देशन नगर्ने कुरा सतहमा आएको छ । अम्पायर म्यागजिनसँग कुरा गर्दै उनले पछिल्ला दुई सिक्वेल कुनै निर्देशकलाई जिम्मा दिएर टुंग्याउने सोचमा आफू रहेको बताएका छन् ।
हुन त ‘अवतार’ क्यामरुनले देखेको कल्पनाको विश्व हो । ‘प्राकृतिक विश्वको परिवार, दिगोपन र वातावरणबारे मैले सबथोक भन्नु जरुरी छ । फिल्मको क्यानभासमा भन्न यी कुरा मेरो जीवन र सिनेम्याटिक लाइफबारे उत्तिकै महत्वपूर्ण छन्,’ क्यामरुन भन्छन् ।’
प्रतिक्रिया 4