+

एनआरटीले आज थाइ क्लबसँग खेल्दै

२०७९ असार  २३ गते १२:२० २०७९ असार २३ गते १२:२०
एनआरटीले आज थाइ क्लबसँग खेल्दै

२३ असार, काठमाडौं । नेपालको शीर्ष डिभिजन क्लब न्युरोड क्लब (एनआरटी)ले आज थाइ क्लब कासेम बुन्डित युनिभर्सिटी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्ड भ्रमण रहेको एनआरटीले पहिलो मैत्रीपूर्ण अन्तर्गत आज दिउँसो कासेमसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार २ः४५ बजे सुरु हुनेछ । प्रि–सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले थप दुई क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने योजना छ ।

यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । प्रतियोगिताको दुवै खेलमा एनआरटीले हार बेहोरेको थियो ।

एनआरटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय