+
+

प्रचण्डले मागे माओवादी मन्त्रीले गरेका राम्रा कामको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १३:४१

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुसँग आफूले गरेको कामको विवरण माग गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा उनले एक हप्ताभित्र आआफ्नो मन्त्रालयमा भएका राम्रा काम र समस्याको विवरण माग गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टीबाट मन्त्री भएकाहरुले गरेका राम्रो कामको प्रचार गर्न भन्दै विवरण माग गरेका हुन् ।

वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल उर्जामन्त्री, देवेन्द्र पौडेल शिक्षामन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था मन्त्री, महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री छन् । अर्थमन्त्री रहेका जनार्दन शर्माले भने बुधबार राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?