+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १८० करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १५:२१

२३ असार, काठमाडौं । बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो । बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो ।

बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर  ३१ हजार २७६ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ रह्यो ।

बिहीबार आरबीबी म्युचअल फन्ड, माउन्टेन हाइड्रो नपाल, सिटिजन म्युचअल फन्ड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड लगायतको सेयर मूल्य बढ्यो भने समित लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, गुराँश लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य धेरै घट्यो ।

बिहीबार म्युचअल फन्ड उपसमूह मात्रै हरियाली देखियो भने बैंकिङ, व्यापार, होटल एन्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर लगायतका उपसमूह राताम्मे रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?