+
+

हालान्डको स्थानमा डर्टमण्डले भित्र्यायो हेलर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १५:३८

२३ असार, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले आयाक्सका फरवार्ड सेबास्टियन हेलरलाई अनुबन्ध गरेको छ ।

एर्लिङ हालान्ड प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीमा अनुबन्ध भएपछि डर्टमण्डले आइभरी कोष्टका हेलरलाई ३१ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

२८ वर्षीय हेलरले तीन वर्षपछि जर्मनी फर्कन लागेका हुन् । उनले यसअघि सन् २०१७ देखि १९ सम्म एनट्राट फ्रांकफर्टबाट खेलेका थिए । त्यसपछि दुई सिजन वेष्ट ह्याममा खेलेर उनी नेदरल्याण्ड्सको आयाक्स पुगेका थिए ।

हेलरलाई डर्टमण्डले चार वर्षको लागि अनुबन्ध गरेको छ ।

हेलरले डर्टमण्डमा अनुबन्ध भएपछि आफू ८० हजार दर्शकका अघि खेल्न आतुर रहेको बताएका छन् । ‘म भविष्यमा ८० हजारभन्दा बढी दर्शकहरूको समर्थन महसुस गर्न प्रतीक्षारत छु,’ हेलरले भने, ‘हामी आगामी केही वर्षहरूमा सँगै मिलेर ठूला सफलताहरु हासिल गर्नेछौं र सँगै मनाउन पनि सक्षम हुनेछौं भन्ने आशा छ ।’

आयाक्समा १८ महिना बिताउँदा हेलरले ६६ खेलमा ४७ गोल गरे । जसमध्ये ११ गोल उनले गत सिजन च्याम्पियन्स लिगमा गरेका थिए र केही कीर्तिमानसमेत ब्रेक गरेका थिए ।

उनले सात खेलमै ११ गोल गरेका थिए । उनी क्रिस्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगको समूह चरणको सबै खेलमा गोल गर्ने खेलाडी समेत बनेका थिए ।

डर्टमण्डका नयाँ स्पोर्टिङ डिरेक्टर सेबास्टियन खेलले च्याम्पियन्स लिगमा सनसनी मच्चाएका हेलरलाई अनुबन्ध गर्न पाउँदा आफूहरु खुशी रहेको बताएका छन् ।

हेलरले अब डर्टमण्डका हालान्डले लगाउँदै आएको नम्बर ९ जर्सी लगाउनेछन् । हालान्ड डर्टमण्डबाट सिटी पुगेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?