+
+

‘देउवा ज्‍यू, तपाईले पढेको कलेज कहिले बन्‍ने ?’

'भ्‍यू टावर बन्‍ने, त्रिचन्द्र नबन्‍ने ?'

प्रदर्शनमा उनीहरुले ‘प्रधानमनत्री शेरबहादुर देउवा ज्‍यू तपाईले पढेको कलेज कहिले बन्‍ने?’ भन्‍दै प्रश्‍न गरेका छन् । यसका साथै उनीहरुले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्‍ने, त्रिचन्द्र नबन्‍ने।’, ‘हामीलाई कक्षा कोठा देऊ,’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असार २४ गते २०:०२

२४ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणको माग गर्दै शुक्रबार प्रदर्शन गरेको छ ।

उनीहरुले ‘सेभ त्रिचन्द्र’ अभियान अन्तर्गत त्रिचन्द्र क्‍याम्पस अगाडी सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले ‘प्रधानमनत्री शेरबहादुर देउवा ज्‍यू तपाईले पढेको कलेज कहिले बन्‍ने?’ भन्‍दै प्रश्‍न गरेका छन् । यसका साथै उनीहरुले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्‍ने, त्रिचन्द्र नबन्‍ने।’, ‘हामीलाई कक्षा कोठा देऊ,’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको थियो ।

जसअन्तर्गत गत मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको थियो ।

यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।

२०७२ को भूकम्पमा त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा क्षति पुगेपछि अति जोखिमको संकेत स्वरुप रातो स्टिकर लगाइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भवन पुनर्निर्माण गर्ने भनिए पनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर त्यसको जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको छ ।

शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै नेविसंघले दबावमुलक कार्यक्रम गर्दै आएको छ । अघिल्लो हप्ता नेविसंघले क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको थियो ।

हेर्नुस् तस्वीरहरु :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?