+
+

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले प्रत्येक शुक्रबार साइकल चढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १९:१६

२४ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारका दिन साइकल चढ्ने भएका छन् ।

पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हप्ताको एक दिन सबैले साइकल चढ्ने भएका हुन् । उपमहानगरपालिकाका उप मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयन हुने बताए ।

उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले बताए । साउन महिनादेखि प्रत्येक शुक्रबार मेयर, उप मेयरदेखि सबै जनप्रतिनिधि र कर्मचारी कुनै कामका लागि कार्यालय आए साइकलमै आउनुपर्छ’ उनले भने, ‘त्यस दिन कार्यालय आउँदा अन्य सवारी चलाउन पाइने छैन ।’

उनले पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् ।

उनले उपमहानगरपालिकाको नीति अनुरुप आफू कोठादेखि २ किलोमिटर टाढा रहेको कार्यालयसम्म साइकलमै आएको भन्दै फेसबुकमा फोटो पोष्ट गरेका छन् ।

उनले प्रत्येक शुक्रबार साइकल चलाउन सबै जनकपुरबासीलाई हार्दिक आह्वान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?