+
+

पत्रकारको न्यूनतम पारिश्रमिक बढाएर कार्यान्वयन गर्छौं : अध्यक्ष खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २५ गते १२:१५

२५ असार, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले अब पत्रकारको न्यूनतम पारिश्रमिक नयाँ तोकिने बताएकी छन् ।

शनिबार ‘श्रमजीवी पत्रकार एन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले यस्तो बताएकी हुन् ।

हाल पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५00 छ । यसलाई बढाएर कार्यान्वयन गर्ने तयारीमा लागि रहेको उनले बताइन् । ‘कम कार्यान्वयन हुने भएकाले न्यूनतम पारिश्रमिक कार्यान्वयन बाध्यकारी बनाउनेतिर पहल हुनेछ । यसका लागि न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्नेलाई कालोसूचीमा राख्ने लगायतका कार्यतर्फ जानुपर्ने हुन्छ,’ उनले भनिन् ।

साथै, गुणस्तरीय समाचारका लागि पहिलो शर्त समयमै उचित पारिश्रमिक भएको उनको भनाइ छ । ‘हामी गुणस्तरीयताको कुरा गर्छौं ।गुणस्तरीय समाचारका लागि पहिलो शर्त समयमै उचित पारिश्रमिक हो,’ उनले भनिन ।

नेपालमा मिडियाको संख्या ६ हजार भन्दा बढी रहेको पनि उनले जानकारी दिइन । न्यूनतम पारिश्रमिक ठूलो समस्याका रुपमा रहेको उनले बताइन । सरकारी मिडियामासमेत स्ट्रेनजरहरूको समस्या रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै  समयमा तलब नपाएको र कम पाएको भनी  साढे ३ सय उजुरी परेको बताए ।

उजुरीका सन्दर्भमा मौखिक आग्रह गर्ने नभए दबाब दिने र मुद्दाको प्रक्रियामा समेत जाने रणनीति अन्तरगत कार्य गर्दै आएको उनले बताए ।

महासंघ अध्यक्ष पोख्रेलले पनि तलब नदिने मिडियालाई कालो सुचीमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?