+
+
Shares

काठमाडौंमा सनातन धर्म सम्मेलन सुरु

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १६:५४

२६ असार, काठमाडौं । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा आइतबार काठमाडौंको पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन सुरु भएको छ ।

उक्त सम्मेलनको राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्घाटन गरे । थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे । धर्मपरिबर्तनको डढेलो लाई रोक्न सबै जागरुक हुनुपर्ने थापाले बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारे भने १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरुको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिमूलक रुपमा करिब ६० जिल्लाका धार्मिक अगुवाहरु सहभागी छन् । कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ, प्रा. डा. सोमप्रसाद खतिवडा, सञ्चारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?