+
+

बुद्धिचाल संघको उपाध्यक्षमा बोगटी, शेर्पाली र गमाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २१:०१

२७ असार, काठमाडौं । नेपाल बुद्धिचाल संघको उपाध्यक्षमा धनबहादुर बोगटी, सुवोधराज शेर्पाली र नारायणदास गमाल निर्वाचित भएका छन् ।

सोमबार भएको चुनावमा उनीहरु निर्वाचित भएका हुन् । ३ जना उपाध्यक्षका लागि ५ जना चुनावी मैदानमा थिए । जसमा ओमप्रसाद उपाध्याय र माधवप्रसाद प्रधान पराजित भए ।

यस्तै ३ खुल्ला सदस्यका लागि ७ जना चुनावी प्रतिस्पर्धामा रहेकोमा कृष्णप्रसाद सिग्देल, प्रविणबहादुर भडेल र रामकिशोर सिंह पराग निर्वाचित भएका छन् । राजीव कार्की, मनोज घिमिरे, याईशाष याशिर खम्बु र विकास कार्की पराजित भए ।

अन्य पदमा पनि यसअघि नै निर्विरोध भएका थिए ।  संघको अध्यक्षमा विदुरप्रसाद गौतम तथा वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल, महासचिवमा धरमबहादुर लामा, सचिवमा मोनालिशा खम्बो, भुपेन्द्र निरौला र उमेश केसी निर्विरोध चयन भएका थिए । त्यस्तै कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध भएका छन् ।

प्रदेशगत सदस्यहरुमा प्रदेश १ बाट दिपेन राई, मधेशबाट सुरेन्द्रकुमार शाह, बागमतीबाट निरञ्जन प्रजापति, गण्डकीबाट महेश्वर अधिकारी, लुम्बिनीबाट चन्द्रमणि घिमिरे, कर्णालीबाट शक्तिराम बुढा र सुदूरपश्चिमबाट गोपालप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

बुद्धिचाल संघको केन्द्रीय कार्यसमिति ३१ सदस्यीय रहने प्रावधान छ । तीमध्ये २१ जना निर्वाचन प्रक्रियाबाट आउँछन् भने बाँकी मनोनयन हुनेछ ।

बुद्धिचाल संघले असार २४ र २५ गते साधारणसभा गरेको थियो । विधान संशोधन गरी पदाधिकारीको संख्या थपिएपछि राखेपमा विधान स्वीकृत गर्नुपर्ने भएकाले निर्वाचन प्रक्रिया दुई दिन सारिएको हो । संघले विधान संशोधन गरी सचिव पद संख्या एकबाट तीन पुर्‍याउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?