+
+

काठमाडौंको थलीमा युवकमाथि छुरा प्रहार, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १४:४१

२८ असार, काठमाडौं ।  प्रहरीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको तातोपानी नगरपालिका-४ घर भई कागेश्वरी मनोहरा नगरपालिका-५ थली बस्‍ने २७ वर्षीय दीपेश शाक्‍य रहेका प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका-५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त बौद्धबाट प्रहरी अधिकृतसहितको प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ ।

यस्तै छुरा प्रहार गरेको आरोपमा प्रहरी वृत्त बौद्धले दीपेश शाक्‍य पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २४ सेन्टिमिटरको छुरा र छुरा लुकाइएको सिरानीको खोल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?