+
+

नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ एमी अवार्डका १४ विधामा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १७:४६

काठमाडौं । नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’ले इतिहासमाथि इतिहास रच्दैछ । दक्षिण कोरिया कसरी विश्व मनोरञ्जन जगतमा प्रभावशाली बन्दैछ भन्ने यो प्रमाण समेत हो ।

वर्गीय अवस्था, शक्ति, धन र किड्डी खेलमा आधारित यो दक्षिण कोरियाली सिरिजले टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक विधामा मनोनित हुने कीर्तिमान राखेको छ ।

मुख्य अभिनेता, सहायक अभिनेत्री, सहायक अभिनेता र अतिथि भूमिकासहित यो सिरिज एमीका १४ विधामा मनोनयन भएको छ । यसअघि गैरअंग्रेजीले जित्ने कुरा त के मनोनित समेत भएको प्रमाण थिएन । यसपटक त स्क्वीड गेम साग अवार्डमा समेत छानिएको छ ।

ह्वाङ दोङ ह्युकले नेटफ्लिक्सको लागि निर्माण गरेको सिरिजको पहिलो सिजनमा ली जोङ जे, पार्क हे सो र जङ हो एनले अभिनय गरेका छन् । अहिले भने दोस्रो सिजनको लागि तयारी भइरहेको नेटफ्लिक्सले घोषणा गरेको छ । नेपालमा समेत यो सिरिज युवापुस्तामाझ चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?