+
+

आफ्नै खर्चमा पढ्न जानेलाई पनि तलबी अध्ययन विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १९:२६

२९ असार, काठमाडौं । विश्वविद्यालयले आफ्नै खर्चमा अध्ययन गर्न जाने शिक्षकहरुलाई समेत तलबी अध्ययन विदा दिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।

यो वर्ष १३ शिक्षकलाई छात्रवृत्तिमा र ५६ शिक्षकलाई आफ्नै खर्चमा अध्ययन विदा दिएको विवरण उपलब्ध गराएको महालेखाले जनाएको छ ।

महालेखाले विगत वर्षमा विद्यावारिधि, एम.फिल. र स्नातकोत्तर तहमा अध्ययन गर्न अध्ययन विदामा रहेकामध्ये बिदा सकिएपछि अध्यापनमा फर्केका र नफर्केकाको विवरण अद्यावधिक नगरेको जनाएको छ ।

अध्ययन बिदामा बसेका शिक्षकहरुको अभिलेख अद्यावधिक गरी बिदा सकिएपछि विश्वविद्यालयको काममा फर्के नफर्केको अनुगमन गर्नुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?