+
+

दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १५:०२

३० असार, काठमाडौं । दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनिबेसी गाउँपालिका-९ घर भई हाल चाबहिल बस्‍ने २७ वर्षीय विकास थापा रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

उनले दुबई (यू.ए.ई ) पठाइदिने भन्‍दै दुईजनाबाट ११ लाख रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?