+
+

सांसद कर्णको प्रस्ताव : नागरिकता विधेयकलाई राज्य व्यवस्था समितिमा नपठाउँ, सिधै पास गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १७:११

३० असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकलाई संसदीय समितिमा दफवार छलफलमा नपठाउने प्रस्ताव गरेका छन् ।

विगतमा साढे दुई वर्षसम्म राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक अल्झिएको स्मरण गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

सरकारले ल्याएको नयाँ नागरिकता विधेयकमाथि सदनमा सैद्धान्तिक छलफल जारी छ ।

छलफलमा भाग लिँदै सांसद कर्णले भने, ‘यसलाई फेरि समितिमा लैजाने होइन । मान्छेलाई रुवाउने ? फेरि ३ बर्ष अल्झाउने ? यसमा फेरि छलफल गर्ने रोक्ने यो मानवता विारेधी हुन्छ । यसकारण यसलाई यहीँ (प्रतिनिधिसभाबार्ट सिधै) पास गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?