+
+

भारतले धौलीगाडको बाँध खोल्यो, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते ८:४२

३१ असार, धनगढी । भारतले धार्चुलाको धौलीगाड जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै जलविद्युत परियोजनाले शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म बाँध खोलेकाले महाकाली जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

परियोजनाले सिल्ट फ्लशिंगको कार्य गर्ने भएकाले बाँधको ढोका खोलिने जानकारी यसअघि नै स्थानीय प्रशासनलाई गराएको थियो ।

भारतले बेला–बेला बाँध सरसफाइको काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?