+
+

एन्फा कार्यसमिति बैठक आज, दर्जन बढी एजेन्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ८:४४
फाइल तस्वीर ।

२ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । एन्फा मुख्यालय सातदोबाटोमा अपराह्न तीन बजेदेखि बस्ने बैठकमा एक दर्जनभन्दा बढी एजेन्डामा छलफल हुनेछ ।

६ असारमा भएको निर्वाचनमार्फत आएको नयाँ कार्यसमितिको यो दास्रो बैठक हो । यसपल्ट विवादित नेपाल सुपर लिग‌, नेपालमा हुन लागेको साफ महिला च्याम्पियनसिप र प्रमुख कार्यकारी अधिकृत (सीईयो) नियुक्ति मुख्य एजेण्डा हुन् ‌।

अघिल्लो बैठकबाट नियुक्त भएका महासचिव किरण राईले पठाएका एजेन्डामा दुई उपाध्यक्षले एजेण्डा थपेका थिए ।

आजको बैठकमा संघअन्तर्गतका १३ समितिमा पदपूर्ति, पदाधिकारी मनोनीत गर्नेलगायतका निर्णय हुनेछन् ।

आजको बैठकमा सीईयो नियुक्तिको एजेण्डा समावेश गरिए पनि कार्यसमितिमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र गणेश थापा पक्षबीच थापाका छोरा गौरवलाई प्रथम उपमहासचिव बनाउने सहमति जुटेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?