+
+

२५ प्रतिशत उठ्यो कुहिने फोहोर, बञ्चरेडाँडा नै लगिने

अमृत चिमरिया अमृत चिमरिया
२०७९ साउन २ गते २२:१८

२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबाबाट फोहोरको स्रोतमै वर्गीकरण मात्रै उठाउने थालेपनि अपेक्षित फोहोर भने उठ्न सकेन ।  महानगरपालिकाको संकलन गरेको कुहिने फोहोरबाट मल बनाउने योजना भएपनि व्यवस्थापन गर्ने स्थान नभएपछि बञ्चरेडाँडास्थित ल्यान्डफिलसाइट मै लगिरहेको छ ।

यसअघि महानगरले कुहिने फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने बताएको थियो ।

मेयर बालेन्द्र साह(बालेन)का सचिवालय सदस्य इन्जिनियर सुनिल लम्सालका अनुसार आइतबार महानगरमा संकलन हुननसक्ने अनुमानित कुहिने फोहोरको २५ प्रतिशत फोहोर मात्रै संकलन हुनसक्यो । वर्षामा प्रतिदिन ४ सय ५० मेट्रिक टन कुहिने फोहोर संकलन हुनुपर्नेमा आइतबार १ सय टन मात्रै संकलन भएको हो । वषर्ाबाहेक अन्य समयमा ३ सय ५० मेटि्रक टन फोहोर महानगरबाट निस्कने लम्सालले बताए ।

काठमाडौं महानगरकाअनुसार स्रोतमै फोेहोर वर्गीकरण गरेर उठाउन महानगरले उठाउने क्षेत्रमा सकेपनि फोहोर संकलन गर्ने निजी क्षेत्रले भने अपेक्षित फोहोर उठाउन नसकेका हुन् । लम्सालका अनुसार महानगरको फोहोर ३२ वटा निजी कम्पनी र महानगरले केही क्षेत्रमा उठाउँछन् । फोहोर उठाउने निजी क्षेत्रका कम्पनीहरुले सबै फोहोर बाटो बिग्रेको कारण ल्यान्डफिल साइट लैजान नसक्दा समस्या भोगिरहेको समेत लम्सालले बताए ।

‘सुरुको चरण भएर फाहोरको वर्गीकरणअनुसार फोहोर अपेक्षित उठ्न नसकेकै हो । तर हामीले अब फाहोरको वर्गीकरणबारे टोल सुधार समिति, स्कुल, कलेज, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत थप जनचेतना फैलाउँछौं । अब आउने बुधबार एक गतेको भन्दा धेरै फोहोर उठ्न सक्छ ,’ लम्सालले भने ।  महानगरले प्रत्येक हप्ताको दूई दिन आइतबार र बुधबार कुहिने फोहोर मात्रै उठाउन थालेको छ ।

काठमाडौं महानगरपालिकाले आफ्नै पालिकाभित्र कम्पोष्टिङ गर्ने जमिन नभेटेपछि कुहिने फोहोर पनि बञ्चरेडाँडा ल्याण्डफिल साइटै नै लैजाने भएको छ । महानगरका अनुसार उपत्यकाभित्र नै कम्पोष्टिङ गर्ने स्थान खोजेता पनि भेटाउन भने नसकेको हो । काठमाडौं महानगरका प्रवक्ता नवीन मान्धनरका अनुसार कम्पोष्टिङको लागि डम्पिङ साइटको अवधारणालाई छोडेर कुहिने फोहोरबाट मल उद्योग खोल्ने तयारी गरेको छ । ‘कुहिने फोहोरबाट मल उत्पादन गर्न उद्योग खोल्दै छौं, त्यतिञ्जेल फोहोरहरु बञ्चरेडाँडा नै लगिने छ ,’ प्रवक्ता मानन्धरले अनलाइनखबरसँग भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?