+
+

एक्सन फिल्म ‘तेहरान’मा जोन अब्राहमसँग देखिंदै मानुषी छिल्लर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १२:०७

काठमाडौं । जोन अब्राहमको मुख्य भूमिका रहने बलिउडको एक्सन–थ्रिलर फिल्म ‘तेहरान’मा पूर्वविश्व सुन्दरी मानुषी छिल्लर अनुबन्धित भएकी छन् । फिल्म छायांकनको लोकेसनबाट निर्माण पक्षले दुई स्टारसहितको तस्वीर सार्वजनिक गरेको छ ।

वास्तविक कथावस्तुमा आधारित बताइएको यो फिल्मको घोषणादेखि नै दर्शकमा उत्साह छ । अरुण गोपालानले निर्देशन गर्ने फिल्मलाई म्याडक फिल्म प्रोडक्सनले निर्माण गर्दैछ ।

सार्वजनिक तस्वीरमा जोन र मानुषी दुवै एक्सन चरित्रमा प्रस्तुत छन् । दुवैले हातमा पेस्तोल बोकेका छन् । गत महिना रिलिज भएको मानुषीको फिल्म सम्राट पृथ्वीराज भने भारतीय बक्स अफिसमा असफल रह्यो ।

‘तेहरान’ले मानुषीको करिअरलाई कत्तिको योगदान देला, यो जान्नु महत्वपूर्ण हुनेछ । किनभने पूर्वविश्व सुन्दरीहरु ऐश्वर्या राय र प्रियंका चोपडा यस क्षेत्रमा स्थापित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?