+
+

हुन्डाइले सुरु गर्‍यो वर्ल्डकप-२०२२ लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’

टेस्ट ड्राइभ गरी लाइभ हेर्ने मौका

हुन्डाइले विश्वकप फुटबल प्रतियोगिता-२०२२ लाई लक्षित गरी ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १५:१९

काठमाडौं । हुन्डाइले विश्वकप फुटबल प्रतियोगिता-२०२२ लाई लक्षित गरी ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हुन्डाइको नेपालभरि रहेका कुनै पनि शोरुममा कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।

३ साउनदेखि सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाइ शो रुममा रजिस्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ ।

प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चार जना हुन्डाइको स्पन्सरसीपमा कतार जाने अवसर पाउनेछन् ।

हुन्डाइ मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ । अफर मार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत पर्यावरण दीगोपनका लागि हुन्डाइले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ । साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?