+
+

सोमबार स्थगित एन्फाको बैठक बिहीबार बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १६:०८
एन्फाको बैठक । फाइल तस्वीर

३ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।

एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिएका थिए ।

अब त्यो बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने एन्फाले जनाएको छ ।

६ असारमा भएको निर्वाचनबाट नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि दोस्रो पटक एन्फाको कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकका लागि साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग, सिइओ नियुक्ति र विविधसहित १८ एजेन्डा तय गरिएको छ । एन्फा महासिचव किरण राईले सुरुमा विविधसहित १२ एजेन्डा सदस्यहरुलाई पठाएका थिए ।

तर पछि उपाध्यक्ष दीर्घबहादुर केसीले प्रस्तावमा गरेको पाँच र अर्का उपाध्यक्ष दीपक खतिवडाले प्रस्तावमा गरेको सीईओ र प्रवक्ता नियुक्तिको एजेन्डा थप गरिएको थियो । दुई उपाध्यक्षको एजेन्डा पनि थपिएको बारे महासिचव राईले सदस्यहरुलाई जानकारी गराइसकेका छन् ।

उपाध्यक्षले सीईओ नियुक्तिको एजेन्डा थपेपछि यसले ठूलो चर्चा पाएको छ । आर्थिक अनियमितताका कारण फिफाको प्रतिबन्धमा रहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई सीईओ बनाउने गरी लविङ सुरु भएपछि अन्य एजेन्डा भन्दा सीईओ नियुक्तिको विषय चर्चित बनेको हो । निर्वाचन अघि नै गौरव थापालाई सीईओ बनाउने गरी भद्र सहमति बनेको थियो ।

यस बाहेक आगामी भदौमा नेपालमा आयोजना हुने छैटौं संस्करणको महिला साफ आयोजना स्थल देखि नेपाली टिमको प्रशिक्षक नियुक्त गर्ने सम्मका विषय पनि मुख्य एजेन्डामा रुपमा रहेको छ ।

यस्तै विवादित बनेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको विषयमा पनि बैठकमा मुख्य प्राथमिकताको रुपमा रहनेछ ।

एन्फाले ए डिभिजनका असन्तुष्ट चार क्लबसँग छलफल गरेर एनएसएलसँगको सम्झौता गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । एनएसएलसँगको पुरानो सम्झौता खारेज गर्दै नयाँ ढंगले सम्झौता गरेर अघि बढ्ने तयारी समेत भइरहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?