+
+

मोरङको जंगलमा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते २०:०२

३ साउन, विराटनगर । मोरङको बेलबारी नगरपालिका– १० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?