+
+

एमाले महासचिव भन्छन् : एमालेसँग लड्न कांग्रेसले अन्य दललाई प्रयोग गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १५:१२

४ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग लड्नका लागि नेपाली कांग्रेसले अन्य दललाई प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकारहरुसँगको भेटघाटमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावमा कमजोर देखाउन कांग्रेस र अन्य दलले मिलेर काम गरिरहेको आरोप लगाए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिल्दा पनि एमालेको लोकप्रिय मत बढेको दाबी उनले गरे । ‘पहिला हामीले ३३ प्रतिशत मत पाएका थियौं,’ पोखरेलले भने, ‘उनीहरु मिलेर लडेको चुनावमा हामीले ३४ प्रतशित मत पायौं ।’

पोखरेलले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार असंसदीय र निर्दलीय भएको आरोप पनि लगाए । एमालेले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएकोले फिर्ता गरेको तर अहिले देउवाले संसदीय मर्म नै नराखी त्यस सम्बन्धी विधेयक ल्याएको आरोप उनले लगाए ।

एमाले महासचिव पोखरेलले जनार्दन शर्मा अर्थमन्त्री भएपछि देशको अर्थतन्त्र नै ध्वस्त भएको र विदेशी मुद्राको सञ्चिती घटेको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?