+
+

बाढीले नाग्म–गमगढी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १६:२४

४ साउन, जुम्ला । कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ ।

निरन्तर वर्षापछि सिंजा गाउँपालिका–२ स्थित विष्टवाडा खोलामा बाढी आएपछि गाडी ओहोरदोहोर गर्न नसकेको हो ।

वडा नम्बर २ का वडाध्यक्ष तीर्थ वडका अनुसारका विष्टवाडा खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । सवारी साधनका यात्रु अलपत्र परेका छन् ।

बाढीले खेत वरपरको धान खेत पनि पुरेको छ । यस्तै, सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिस सहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो ।

बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?