+
+

अर्जेन्टिनी फरवार्ड पाउलो डिबला रोमामा आवद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १९:१८

४ साउन, काठमाडौं । अर्जेन्टिनी फरवार्ड पाउलो डिबला इटालियन क्लब रोमामा आवद्ध भएका छन् ।

युभेन्टससँगको ३ वर्षे सम्झौता सकिएपछि खाली रहेका डिबलालाई फ्रिट्रान्सफरमा जोसे मोरिन्होको रोमाले भित्र्याएको हो । रोमाले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पाउलोलाई आबद्ध गरेको सुचना भिडियो मार्फत सार्वजनिक गरेको हो ।

उनले रोमामा आवद्ध भएपछि भावुक वक्तव्य दिएका थिए । ‘मैले रोमामा अनुबन्ध हुनु एकदमै धेरै भावनाहरु जोडिएका छन् । जुन तरिकाले रोमाले मलाई आबद्ध गर्न उत्साह देखाएको छ, यसले मलाई धेरै फरक पार्छ’, डिबलाले भने, ‘म यस्तो टिममा आवद्ध हुँदै छु जुन अघि बढ्दै छ । प्रशिक्षक जोस मोरिन्होसँग काम गर्न पाउनु मेरो सौभाग्यको कुरा हो ।’

डिबोलालाई क्लबमा आवद्ध गर्न पाउँदा रोमाका जेनेरल म्यानेजर टियागो पिन्टा निकै उत्साहित छन् । उनले भने, ‘पाउलो विश्व प्रसिद्ध खेलाडी हुन्, जसले प्रशिद्ध ट्रफीहरु जितेका छन् । उसको साथले हामी थप मजबुत हुनेछौं ।’ रोेमाले छैटौं स्थानमा रहेर सिरी ए सकाएको थियो ।

२८ वर्षीय फरवार्डले २०१५ मा जुभेन्टसमा आवद्ध भएपश्चात २९३ खेल खेल्दै ११५ गोल गरेका छन् । उनी आवद्ध युभेन्टसले २०१५ यता ५ वटा सिरी ए उपाधि जितेको छ ।
डिबलाले अर्जेन्टिनाको लागि ३४ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले ३ गोल गरेका छन् ।

उनलाई यसअघि २०१९ को समर ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड र टोटनह्यामले आवद्ध गर्न चाहेका थिए । तर उनलाई युभेन्टसले त्यतिखेर छाड्न चाहेन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?