
५ साउन, काठमाडौं । साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टिमको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भएकाले उनलाई कप्तान बनाउने तयारी एन्फाले गरेको हो । यसको आधिकारीक घोषणा भने शुक्रबार एन्फाले गर्ने बिदाइ कार्यक्रममा गरिनेछ ।
सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका आयुष घलानसहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुञ्जु, मनग्य नकर्मी, आशिष राई लगायत खेलाडी टिममा छन् ।
अन्तिम चरणमा छानिएको टोलीमा एक परिवर्तन गरिएको छ । फरवार्ड दिपेश राई घाइते भए पश्चात उनको ठाउँमा रोहित सुब्बालाई राखिएको छ ।
नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंकासँग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंकतालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्नेछन् । नेपाली टिम शुक्रबार ३ बजे भारत प्रस्थान गर्ने छ ।
नेपाली टिम
गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख
डिफेण्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन दानी, रोशन थापा, अभिशेक वाइबा
मिडफिल्डर : दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्ड : रोहित सुब्बा, निरन्जन मल्ल, रोहन खड्गी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4