+
+

‘चंगाचेट २’ : शर्मिला, दीपेन्द्र र अर्पण थापाबीच पुनः सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १२:२४

काठमाडौं । चार वर्षअघिको हिट फिल्म ‘चंगाचेट’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको शीर्षक ‘चंगाचेट २’लाई शुक्रबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।

यो फिल्ममा पनि पाण्डेले निर्देशक दीपेन्द्र के खनालसँग सहकार्य गर्ने भएकी छन् । खनालकै निर्देशन रहने फिल्मको प्रमुख कलाकारमा अर्पण थापा फाइनल भएका छन् ।

अन्य कलाकार चाँडै अनुबन्धित गर्ने तयारी रहेको निर्मात्री पाण्डेले जानकारी दिइन् । कमेडी जनरामा निर्माण हुने फिल्मको बजेट ३ करोड रुपैयाँ बताइएको छ । ‘कमेडीप्रति दर्शकको रुचिलाई ध्यान दिएर सुपरहिट फिल्मको सिक्वेल बनाउन लागेका हौं,’ बोर्डमा शीर्षक दर्ता गरेपछि अनलाइनखबरसँग कुरा गर्दै पाण्डेले भनिन् ।

शर्मिला, दीपेन्द्र र अर्पणले पछिल्लो फिल्म ‘चिसो मान्छे’मा सहकार्य गरेका थिए । डीएस डिजिटलको ब्यानरमा बन्ने फिल्मलाई चाँडै छायांकनमा लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?