+
+

नियुक्तिको एक महिना नपुग्दै पाँडेलाई बर्खास्त गर्नुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १३:१६

६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अघिल्लो कार्यसमिति बैठकबाट अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त नवीन पाँडेलाई एक महिना नपुग्दै बर्खास्ती गर्न माग भएको छ ।

एन्फाको बिहीबार तय भएको दोस्रो कार्यसमिति बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो । जसको एक कारण यसअघि ८ असारमा बसेको पहिलो कार्यसमिति बैठकले नियुक्त गरेको पाँडेको बर्खास्ती गर्नुपर्ने माग समेत थियो ।

बिहीबार बैठक स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ पदाधिकारी/सदस्यले पाँडेलाई बर्खास्त गर्न माग गर्दै एन्फामा निवेदन बुझाएका थिए । खड्कासँगै उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडासहित ११ जनाले पाँडेलाई बर्खास्ती गर्नुपर्ने पत्रमा हस्ताक्षर गरेका छन् ।

पहिलो बैठक नियम पुरा नगरी बोलाइएको र त्यसमा अन्तर्राष्ट्रिय प्रमुखमा जर्मन नागरिक पाँडेलाई नियुक्त गरिएको निर्णय त्रुटिपूर्ण र विधान विपरीत रहेको निवेदनमा दाबी गरिएको छ ।

एन्फाले गरेको पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले सदस्यहरुलाई झुक्याई बैठकमा पाँडेको नाम पेश गरी पास गराइएकोले सो निर्णयलाई सच्याई पाउँ भनेर निवेदनमा भनिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?