+
+
WC Series
Won Nepal Women
133/4 (19.3)
VS
Nepal Women won by 6 wickets
Zimbabwe Women
129/6 (20)
Shares

नागरिकता बाहेकका विषय संसदको कार्यसूचीबाट हटे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १३:१५

६ साउन, काठमाडौं । नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ ।  सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

यसअघि सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, गृहमन्त्री खाँणले कारागार विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषय पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?