+
+

अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउछौं : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ७ गते १७:५६

७ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अपाङ्गता भएकालाई सम्मानपूर्वक जिउन सक्ने बनाउने बताएका छन् । शनिबार राष्ट्रिय अपांग कोषलाई विपद्मा प्रयोग हुने सवारी साधनलगायतका सामग्री हस्तान्तरण गर्दै उनले अपांगता भएकाहरुलाई सरकारले मासिक जीवनवृत्ति दिन थालेको बताए ।

‘अपाङ्ग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने ठूलो कुरा हो । पछिल्लो समय सरकारले अपाङ्ग भएकाहरुलाई पनि जीवनवृत्तिका लागि सानो भए पनि मासिक केही रकम दिने निर्णय गरेको छ । त्यो अपुग होला तर हाम्रो बजेट अनुसारको छ’ उनले भने ।

गृहमन्त्री खाँणले नेपालमा आधुनिक भवनहरु नै अपाङ्गमैत्री हुन नसकेको भन्दै सरकारी भवन भने विस्तारै अपांगमैत्री हुन थालेको बताए । उनले भने, ‘अहिले नेपाल सरकारको सबै कार्यालयहरुमा अपाङ्गमैत्री भवन बनोस् भन्ने हामीले निर्देशन दिइसकेका छौँ । हाम्रो आधुनिक कार्यालय पनि अपाङ्गमैत्री छैन । सार्वजनिक स्थलमा अपाङ्गमैत्री शौचालयको पनि खाँचो छ ।’

मन्त्री खाँणले राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागी भएको घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराईले नेपालमा अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिने गरेको गुनासो गरे ।

‘संसारका कुनैपनि देशमा अपाङ्गता भएको नागरिक पहिलो दर्जाको नागरिक हुन्छ, तर नेपालमा अझै पनि अपाङ्गता भएको व्यक्तिलाई दोस्रो दर्जाको रुपमा लिइन्छ । ३३ लाख भन्दा बढी अपाङ्गताहरु रहेको संस्थाको एकमात्र सरकारी निकाय आज निरीह अवस्थामा छ’ उनले भने ।

हालै राष्ट्रिय अपाङ्ग कोष र समाज कल्याण परिषद्को स्टोर रुम आगलागीले क्षतविक्षत भएकाले पुनर्निर्माणमा सहयोगको अपेक्षा गरेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?