
काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँ नेपाल प्रहरी अस्पताललाई उपलब्ध गराउने छ ।
सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4