+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आम्दानीको अनुपातमा खर्च बढ्दा घट्यो सानिमा बैंकको नाफा

गत आर्थिक वर्ष २०७८/७९ मा सानिमा बैंकको नाफामा सामान्य गिरावट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १३:३७

८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सानिमा बैंकको नाफामा सामान्य गिरावट भएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब २९ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्ल्लो आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड ७८ लाख नाफा कमाएको बैंकको नाफा गत आवमा १.०७ प्रतिशतले घटेको हो ।

बोनस सेयर मार्फत चुक्ता पूँजी वृद्धि बैंकले नाफा सँगसँगै प्रमुख वित्तीय सूचकहरु पनि कमजोर बनेका छन् । अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ९४ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा घटेर २० रुपैयाँ २४ पैसामा झरेको छ। यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ०६ पैसाबाट घटेर १५१ रुपैयाँ ०१ पैसामा झरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १७ प्रतिशत बोनस सेयर दिएर ११ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ पूँजी पुर्‍याउँदा पनि बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी र नेटवर्थ घटेको हो ।

बैंकको सेयरधनी सञ्चित कोषमा १ अर्ब ४७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकको कर्जाको तुलनामा निक्षेप वृद्धि बढी छ । जसले गर्दा निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा पनि बैंकको ब्याज आमदानीभन्दा खर्च बढ्दा खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि हुन सकेको छैन । जसले बैंकको नाफामा प्रभाव परेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.८६ पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब २८ अर्ब ४८ करोड ४२ लाखबाट २२.६५ प्रतिशतले वृद्धि भई एक खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब १९ अर्ब ७ करोड १४ बाट १५.१९ प्रतिशतले बढेर एक खर्ब ३७ अर्ब १६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशतले मात्रै वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५२ करोड ५० लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ७६ करोड ७२ लाख गरेको छ ।

बैंकको ब्याज आम्दानी कर्जा विस्तारको तुलनामा बढ्न नसकेको, सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन अघिल्लो आर्थिक वर्षको तुलनमा सामान्य बढेको र कर्मचारी खर्चमा वृद्धि हुँदा बैंकको नाफामा गिरावट भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४४ करोड ८३ लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा प्रोभिजन रकम बढाएर २६ करोड ४५ लाख प्रोभिजन गरेको छ । बैंकको कर्मचारी खर्च १ अर्ब ४३ करोड ९२ लाखबाट बढेर १ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ पुर्‍याएको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा १.७६ प्रतिशतले वृद्धि भएर तिन अर्ब २५ करोड २६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले ३ अर्ब ३१ करोड १० लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.३४ प्रतिशतबाट बढेर ९.७१ प्रतिशत पुगेको छ ।

निष्क्रिय कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.३५ प्रतिशत पुगेको छ । यस्तै पूँजी कोष अनुपात १३.५७ प्रतिशतबाट बढेर १३.७५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?