+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘विदेशबाट आउने पैसा विलासितामा होइन, उत्पादनशील क्षेत्रमा लगानी गरौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:५३

८ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमार्फत नेपाल भित्रिने पैसा विलासितामा खर्च भइरहेको भन्दै त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

चन्द्रलोक प्रतिष्ठानद्वारा शुक्रबार आयोजित वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्य र समाधानका उपाय विषयक अन्तरक्रिया एवं बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुःख गरेर कमाएको पैसा स्वदेशमा विलासिताका सामान किन्नमा खर्च भइरहेकाले त्यसलाई उत्पादनशील क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका हुन् ।

उनले विदेशी पूँजी र र सीपलाई देश निर्माणमा लगाउन सबैमा आग्रह समेत गरे । ‘नेपालीहरुले दुःख गरी विदेशमा पैसा कमाउनु हुन्छ, तर त्यो पैसा विलासिताका सामान किन्नमा खर्च भइरहेको छ । त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने विस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ’ मन्त्री कुँवरले भने ।

नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नुपर्नेमा उनको भनाइ थियो ।

वैदेशिक रोजगारको नाममा ठगिनेहरुको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो । विदेश जाँदा सबै जानकारी लिएर मात्रै जान उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?