+
+

प्रचण्डलाई घनश्यामको प्रश्न : एमाले बाहेकको मोर्चाले के गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:००

९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

२०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरहेका बेला दोस्रो तहका नेताहरुले कार्ल मार्क्स  द्विशतवार्षिकी समारोह समिति बनाएर सम्वाद थालेका थिए ।

भुसालका अनुसार अहिले पनि कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भयो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका थिए ।

भुसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि नेताहरुबीच हाँसो ठट्टा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?