
१० साउन, काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेर तोक्नु बेठीक भएको बताएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने धारणा राखेकी हुन् ।
उनले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर राख्न नहुने बताएकी हुन् । शैक्षिक योग्यता, अनुभव भएमा काम गर्नबाट वञ्चित गराउन नहुने उनको भनाइ छ ।
‘अहिले थुप्रै विधेयकमा न्यूनतम उमेर यति हुनैपर्ने भनेर यसको लजिक के हो ? मैले त्यसको जवाफ पाइरहेको छैन । शैक्षिक योग्यता, अनुभव, अधिकतम उमेर त ठीकै छ तर न्यूनतम उमेर ३५ वर्ष नै किन ?’ उनले प्रश्न गरे, ‘एउटा ३४ वर्षको युवाले म यो काम गर्न सक्षम छु भनेर अरु सबै योग्यता पुग्यो भने बुढ्यौली कारण नपुगेकाले सक्षम छैनौं, योग्य छैनौं, भनेर हामीले जुन भनिरहेका छौं ।’
सांसद पाण्डेले संविधानद्वारा नीति निर्माण गरेर खेलिएका कार्यालयहरुमा उमेर नपुगेकै कारण सक्षम नहुने भन्ने कुरामा पुनर्विचार गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4