+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त टोखाबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १९:५०

१० साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो ( सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ घर भई हाल काठमाडौंको बाफलमा बस्‍ने ४२ वर्षीया निशा गुरुङ रहेकी छिन् ।

सीआईबीको टोलीले गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो ।

२०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?