
सन् २०१३ मा गएको ७.१ म्याग्नेच्युडको भूकम्पले पुर्याएको क्षति । तस्वीर : फाइल
११ साउन, काठमाडौं । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
अमेरिकी भौगर्भिक सर्वेले ७.१ म्याग्निच्युटको भूकम्प गएको जनाएपछि कतिपयले ७.३ म्याग्निच्युट रहेको उल्लेख गरेका छन् ।
भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4