+
+

अलग भए टाइगर र दिशा, ६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते ११:५७

काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी ६ वर्षदेखि डेटमा थिए । तर यो ‘लभबर्ड’ अलग भएको छ ।

बलिउड सञ्चारमाध्यमका अनुसार यस वर्षको सुरुवातमै उनीहरु अलग भएका थिए । हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो ।

टाइगर र दिशाले कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेनन् । तर दुवैलाई प्रायः सँगै देख्न सकिन्थ्यो । सूत्रका अनुसार अब यी दुई सँगै छैनन् । दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु अहिले सिंगल छन् ।

ब्रेकअपको पुष्टि गर्दै टाइगर निकट साथीले भने, ‘हामी सबै जनालाई एक साता पहिल्यैदेखि थाहा थियो । उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन् । अहिले टाइगर आफ्नो काममा फोकस छन् । दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन् ।’

दिशा आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’मा देखिंदैछन् । टाइगर चाहिं ‘गणपत’ र ‘बागी ४’ मा देखिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?