+

रोनाल्डोलाई भित्र्याउन एट्लेटिकोलाई आर्थिक कठिनाइ

२०७९ साउन  ११ गते १६:५८ २०७९ साउन ११ गते १६:५८
रोनाल्डोलाई भित्र्याउन एट्लेटिकोलाई आर्थिक कठिनाइ

११ साउन, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका अध्यक्ष एन्रिक सर्जियोले म्यानचेस्टर युनाइटेडका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा आवद्ध गर्न व्यावहारिक रुपमा कठिन रहेको बताएका छन् ।

आर्थिक अवस्था नाजुक बन्दा क्लबलाई यस पटक खेलाडी ट्रान्सफर गर्न समेत हम्मेहम्मे परेको उनले बताएका छन् । उनले भनेका छन्, ‘क्लबमा अहिले रोनाल्डोलाई भित्र्याउनु व्यावहारिक रुपले असम्भव छ ।’

केही हप्ता अघिसम्म क्रिस्टियानो रोनाल्डो एथ्लेटिकोको प्राथमिकता सुचीमा थिए । म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग खेल्न नपाउने भएपछि रोनाल्डो क्लब छाड्ने मनाशायमा छन् ।

उनले सोमबार प्रशिक्षक टेन हागलाई भेटेर आफ्नो भविष्यका बारेमा कुराकानी गरेका थिए । भेटमा उनीहरुबीच के कुरा भए भनेर विस्तृत जानकारी आइसकेको छैन ।

म्यानचेस्टर युनाइटेड रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय