
काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशी राष्ट्रिय वाणिज्य बैंकको व्यावसायिक दूत नियुक्त भएकी छन् । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दूत नियुक्त भएपछि बैंकको व्यवसाय प्रवर्द्धन गतिविधिमा आफू सहभागी हुने मिस नेपाल जोशीले बताइन् । साइनिङ समारोहमा पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि सहभागी थिइन् ।
यसैबीच, मिस नेपाल उत्तर अमेरिकाको विशेष अतिथिको रुपमा सहभागी हुन प्रियंका आगामी साता न्युयोर्क जाने तय भएको छ । यस वर्ष द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच भएको सम्झौताअनुसार उनी अमेरिका जान लागेकी हुन् ।
मिस नेपाल विजेताले उत्तर अमेरिकाको उक्त ब्युटी पेजेन्टमा भाग लिने सहमति त्यतिबेला भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4