+
+

कम्बोडिया, आइभरी कोष्ट र उज्वेकिस्तानले पाए एशोसिएट मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:५०
उज्वेकिस्तानका क्रिकेटर ।

१२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को वार्षिक साधारणसभाले तीन देशलाई नयाँ सदस्यता प्रदान गरेको छ ।

इंग्ल्याण्डको बर्मिङघममा सम्पन्न साधारणसभाले नयाँ सदस्यहरु कम्बोडिया, आइभेरी कोष्ट र उज्वेकिस्तानलाई एशोसिएट राष्ट्रको मान्यता दिएको हो ।

कम्बोडिया र उज्वेकिस्तान एसियाली राष्ट्र हुन्, भने आइभरी कोष्ट अफ्रिकी राष्ट्र हो । १०८ राष्ट्रहरु आइसीसीका सदस्य राष्ट्रहरु रहेका छन्, जसमा ९६ देश एशोसिएट राष्ट्र छन् ।

उज्वेकिस्तान र कम्बोडिया गरी एसियामा जम्मा २५ वटा राष्ट्र आईसीसीको सदस्य छन् । आइभरी कोष्ट आइसीसीमा आवद्ध हुने २१ औं अफ्रिकी राष्ट्र बनेको छ ।

आईसीसीको सदस्य बन्न हुनुपर्ने सहभागीता र पूर्वाधारको मापदण्द पूरा गरेर यी राष्ट्रहरुले आइसीसीको सदस्यता पाएका हुन् ।

जसमा पूर्वाधार, ५० ओभर र २० ओभरको क्रिकेट खेल्न सक्ने राष्ट्रिय टिम, महिला र पुरुषको उमेरसमूहको टिम हुनुपर्ने मापदण्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?