+
+

कांग्रेस नेता कोइरालालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १९:५४

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो संक्रमण पुष्टि भएको हो ।

शनिबार विहान उपचारका लागि ग्राण्डी अस्पताल पुगेका कोइराला त्यहीँ भर्ना भएका उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

नेता कोइराला पछिल्लो समय मधेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रममा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?