+
+

यस्तो छ पोखरामा पछिल्लो ५ वर्षमा वर्षाको मापन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १०:१५
वर्षापछि डुबेको पोखरा-१३ को बस्ती ।

१६ साउन, पोखरा । कास्कीमा आइतबार साँझदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण पहिरो खस्दा पोखरा लेकसाइडमा एक जनाको मृत्यु  भएको छ भने दुई जना घाइते भए । ठाउँ ठाउँमा ससाना पहिरोहरु पनि खस्न थालेका छन् । हेमजादेखि लाहाचोक, घाचोक लगायतका माछापुच्छ्रेका गाउँ जाने सडक पहिरोका कारण अवरुद्ध छ ।

लगातार पानी परिरहेकाले जनजीवन प्रभावित भइरहेको छ । लगातार वर्षाले डुबान, पहिरोलगायतका जोखिम पनि रहेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । पछिल्लो २४ घन्टामा पोखरामा २५० मिलिलिटर पानी परेको छ । पोखराको तीन ठाउँमा वर्षाको मापन हुन्छ ।

पोखरा विमानस्थल र मालेपाटनमा मानिसले नै मापन गर्ने मेसिन छ भने लामपाटनमा स्वचालित मेसिन राखिएको छ ।

लामपाटनको तथ्यांक विमानस्थल र मालेपाटनको भन्दा प्राय बढी नै आउने गरेको छ । लामपाटनको स्वचालित मेसिन भएका कारण पनि परीक्षणकालमै छ । अनुसन्धान तथा तथ्यांक लिनु पर्दा पोखरा विमानस्थलको तथ्यांकलाई केन्द्रमा राख्ने गरिएको छ ।

पोखरा विमानस्थलमा पछिल्लो २४ घन्टामा २५० मिलिलिटर पानी परेको छ । यो अघिल्लो वर्षकै हाराहारीमा हो । पोखरा मालेपाटनमा २६७ मिलिलिटर पानी परेको छ भने लामपाटनमा सबैभन्दा बढी ३३२.८ मिलिलिटर वर्षा मापन भएको छ । पोखरामा ठाउँ अनुसार वर्षा पनि फरक पर्ने र पोखरा विमानस्थलको तथ्यांकलाई केन्द्रमा राखेर सूचना प्रवाह गर्ने गरिन्छ ।

यसपटक पनि कास्कीमा अघिल्लो वर्षकै हाराहारीमा पानी परेको जल तथा मौसम विज्ञान कार्यालय अन्तर्गतको पोखरा विमानस्थलका मौसम विज्ञान सहायक अधिकारीले जानकारी दिए ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी गत वर्ष पानी परेको थियो । अघिल्लो सालको सेप्टेम्बर ३ तारिखमा २८०.४ मिलिलिटर पानी पोखरामा परेको थियो ।

२०१७ मा जुलाइ २ मा त्यो वर्षको सबैभन्दा बढी १९१.४ मिलिलिटर वर्षा मापन गरिएको थियो । २०१८ को सेप्टेम्बर ११ मा २०७ं मिलिलिटर, २०१९ को सेप्टेम्बर ४ मा १०७.५ मिलिलिटर वर्षा मापन गरिएको थियो । २०२० को जुलाइ १० तारिखमा २५०.९  र २०२१ को सेप्टेम्बर तारिखमा २८०.४ मिलिलिटर वर्षा मापन गरिएको थियो । यो वर्ष २५० मिलिलिटर पानी परेको छ ।

‘यो वर्ष मनसुन बाँकी छ । यो तथ्यांक अझै बढ्न सक्छ । तर, अहिलेसम्मको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा कम नै छ’ अधिकारीले भने, ‘पोखरामा नजिकै पनि पानी पर्ने/नपर्ने हुन्छ । ठाउँअनुसार फरक पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?